SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

पाल्पा कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई सहयोग

पाल्पा । पाल्पा कारागारमा रहेका कैदीबन्दीहरूले भोटेकोशी बाढीपीडितका लागि ८३ हजार सहयोग उपलब्ध गराएका छन् । कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम सङ्कलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन् । हाल पाल्पा कारागारमा २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दी छन् ।