SHARE
अन्नपूर्ण · बुधबार २७ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

दोभानखोला हाइड्रोपावरद्वारा बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण

गोरखा : उत्तरी गोरखाको धार्चे–२ दोभान र धार्चे १ हुल्चुक जोड्ने गरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ। दोभान खोला जलविद्युत् आयोजनाले उक्त बेलीबिज्र निर्माण गरेको धार्चे–१ हुल्चुकका वडाअध्यक्ष रामसिंह गुरुङले जानकारी दिए।बुढीगण्डकी नदीमाथि करिब ४२ मिटर लामो बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए।