खानी तथा खनिज पदार्थ विधेयक परिमार्जन गर्न सांसद थापाको माग
काठमाडौं । नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई थप परिमार्जन गरी लगानीमैत्री र समुदायमुखी बनाउन माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले दैलेखको पेट्रोलियम उत्खननदेखि विधेयकका कानुनी प्रावधानहरूसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
