SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

चन्द्रागिरिमा कुहिरो र केबलकारको लुकामारी (तस्बिरहरू)

काठमाडौँ । मनसुनको समयमा चन्द्रागिरि डाँडाले प्राकृतिक रूपमा आफ्नो रूप छिनछिनमा फेरिरहेको हुन्छ। समुद्री सतहदेखि २५५१ मिटर उचाइमा रहेको चन्द्रागिरि डाँडाको आसपास बाक्लो कुहिरो मडारिँदा डाँडामा पुग्ने केबलकार पनि कहिले कुहिरोभित्र हराउँछ अनि कहिले फेरि दृश्यमा आइपुग्छ। करिब १० मिनेटको यो यात्रा प्रकृति र प्रविधिबिचको सुन्दर लुकामारी देखिन्छ।