SHARE
मकालु खबर · मङगलबार २६ साउन २०८३ ०६:३२ AM · 1 मिनेट पढाइ

नाइमा मोबिलिटी एक्स्पो सुरु, ५५ ब्रान्डका सवारी प्रदर्शनमा

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । एक्स्पोको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताइन् ।