SHARE
मकालु खबर · आइबार​ २४ साउन २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

गगन थापालाई खड्काको आग्रह: ‘तपाईं अग्रसर हुनुस्, हामी सहयोगी बन्छौँ’

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको एकताका लागि सभापति गगन थापालाई अग्रसर हुन आग्रह गरेका छन् । पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि सामाजिक सञ्जालमा कांग्रेसकै नेताहरू तथा कार्यकर्ताबीच भइरहेको टीका–टिप्पणीप्रति चिन्ता व्यक्त गर्दै खड्काले पार्टी एकता अहिलेको पहिलो आवश्यकता भएको बताएका हुन् ।