SHARE
हाम्रो सम्बाद · बिहीबार २६ भौ २०८२ ०४:३४ AM · 1 मिनेट पढाइ

रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु, ११ जना घाइते

रामेछाप, २६ भदौ । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदीबन्दीहरु भाग्न प्रयास गरेपछि स्थिति नियन्त्रण लिन गोली प्रहार गरिएको हो । कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा २ जना कैदीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद