धार्मिक सहिष्णुता कायम गर्न धनगढीमा सर्वपक्षीय सद्भाव र्याली
काठमाडौं । सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्नका लागि कैलालीको धनगढीमा सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वय तथा कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको सद्भाव र्यालीमा विभिन्न धार्मिक तथा आध्यात्मिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
