SHARE
मकालु खबर · सोमबार १८ साउन २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

वामपन्थी एकताबारे माधव नेपाल- ‘पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ’

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले पार्टी एकता र वामपन्थी एकता गर्न हतार गर्न नहुने बताएका छन् । सोमवार २४ औँ बोत्ले स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले पर्याप्त बहस र छलफल नगरी वामपन्थी एकता गर्न नहुने बताएका हुन् ।