सुनकोशीमा खसेको कार खोजी कार्यका लागि गोताखोर परिचालन
काठमाण्डु – सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा सोमबार सुनकोशी नदीमा खसेको कार खोज्न गोताखोर परिचालन गरिएको छ । कार दुर्घटनाको खबर पाएपछि खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोर सहितको टोली परिचालन भएको छ ।
