नर्स ज्योति रानाभाटको सत्याग्रहप्रति सरकारको ध्यानाकर्षण, मन्त्री मेहताद्वारा पुनः वार्ताको पहल
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नर्स ज्योति रानाभाटको सत्याग्रहप्रति सरकार गम्भीर रहेको बताएकी छन्। आफू पनि स्वास्थ्यकर्मी भएकाले रानाभाटका माग र उनको स्वास्थ्य अवस्थाप्रति सरकार संवेदनशील रहेको उनले उल्लेख गरेकी छन्। मन्त्री मेहताले समस्याको समाधान संवादबाटै सम्भव हुने विश्वास व्यक्त गर्दै मन्त्रालयले सुरुदेखि नै वार्तामार्फत सहमति खोज्ने प्रयास गरिरहेको बताइन्।
