ब्रोड पिक हिमपहिरोमा ६ नेपाली आरोहीको निधन राष्ट्रका लागि अपूरणीय क्षति : महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरो नेपालको पर्वतारोहण इतिहासको दुखद् अन्त्य भएको बताएका छन् । उक्त हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूप्रति दुःख व्यक्त गर्दै पोखरेलले यस घटनालाई पर्वतारोहणको स्वर्णिम अध्याय रच्ने आरोही गुमाएर नेपालले ठूलो क्षति व्योहोरेको उल्लेख गरे ।
