SHARE
कालिका खबर · शनिबार १६ साउन २०८३ ०४:५८ PM · 1 मिनेट पढाइ

तीन पुस्ते छानबिन आयोग गठन गर्न डा. अबुल हुसेन अन्सारीको माग

काठमाडौं । डा. अबुल हुसेन अन्सारीले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङलाई सम्बोधन गर्दै कानुनी शासन, पारदर्शिता र राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन उच्चस्तरीय तीन पुस्ते छानबिन आयोग गठन गर्न आग्रह गर्नुभएको छ। सार्वजनिक अपिलमार्फत उहाँले छानबिनको सुरुआत आफ्नै तीन पुस्ताबाट गर्न र त्यसपछि सरकार, मन्त्री, जनप्रतिनिधि तथा सम्बन्धित सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गर्न आग्रह गर्नुभएको छ। सत्य र प्रमाणका आधारमा निष्कर्षमा पुग्नुपर्ने उहाँको भनाइ छ।