एनवाईईएफ वीरगंज र द स्टार्टअप नेटवर्कबीच सहकार्य, युवा उद्यमीलाई नयाँ अवसर
वीरगंज – नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगंज च्याप्टर र द स्टार्टअप नेटवर्क (टीएसएन) बीच नेपालमा उद्यमशीलता, नवप्रवर्तन (इनोभेसन), स्टार्टअप विकास तथा युवा उद्यमीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। शनिबार वीरगंजमा आयोजित एक विशेष समारोहमा एनवाईईएफ वीरगंज च्याप्टरका स्टार्टअप चेयर अतुल राउतको नेतृत्वमा दुवै संस्थाबीच औपचारिक रूपमा एमओयूमा हस्ताक्षर सम्पन्न भएको हो।
