SHARE
मकालु खबर · शनिबार १६ साउन २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा चार जना पक्राउ

काठमाडौं । सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगन्ज महानगरपालिका–११ रानीघाटबाट पक्राउ गरिएको हो । उनीहरूले नगरक्षेत्र मा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए ।