SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

कालिगडहरूलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौँ। हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाईने विश्वकर्मा पूजा नजिकिएसँगै कुपण्डोल गुसिङ्गालका कालिगडहरू भगवान् विश्वकर्मा तथा नवदुर्गाका प्रतिमूर्ति बनाउन व्यस्त भएका छन्। विभिन्न आकार र स्वरूपका मूर्ति बनाउन उनीहरूलाई यति बेला भ्याइनभ्याइ छ। यहाँ तयार भइरहेका मूर्तिको आकार र स्वरूपअनुसार मूल्य ४ हजारदेखि १० हजार रुपैयाँसम्म रहेको कालिगडहरू बताउँछन्।