SHARE
मकालु खबर · शनिबार १६ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

बलिउड अभिनेत्री शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छन् । शुक्रबार नेपाल आएकी उनले शनिबार बिहान पशुपतिनाथको दर्शन गरेकी हुन् । ‘इएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६’ मा सहभागी हुन शिल्पा नेपाल आएकी थिइन् । उनी विशेष अतिथिकारुपमा कार्यक्रममा सहभागी भएकी छन् ।