SHARE
कालिका खबर · शनिबार १६ साउन २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

सिरहाका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिराहा । सिराहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । सहमति अनुसार सरकारले मृतक गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ लाख राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।