SHARE
कालिका खबर · शुक्रबार​ १५ साउन २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

चन्द्रागिरीका तीन खाद्य व्यवसायमा अनुगमन, सुधार नगरे सञ्चालन गर्न नदिने चेतावनी

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरी नगरपालिकासँगको संयुक्त टोलीमार्फत चन्द्रागिरी क्षेत्रका तीन वटा खाद्य व्यवसायमा अनुगमन गरी विभिन्न कमजोरी भेटिएपछि सुधारका लागि निर्देशन दिएको छ। मिति २०८३/०४/१४ मा गरिएको अनुगमनमा सरसफाइ, खाद्य भण्डारण, लेबलिङ तथा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन भएको पाइएको विभागले जनाएको छ।