सामाजिक सद्भाव कायम राख्न सक्रिय हुन उद्योग वाणिज्य महासंघको आह्वान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सुनसरीको कप्तानगञ्जसहित तराईका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएको अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाक्रम र सर्वसाधारणबीच उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सामाजिक सद्भाव कायम राख्न आफ्ना सबै प्रदेश महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ। महासंघले वर्तमान तनावपूर्ण अवस्थालाई साम्य पार्दै दिगो शान्ति स्थापना गर्न सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।
