राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
काठमाडौँ : नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना र तराई–मधेसको पछिल्लो अवस्थालाई लिएर सरकारको कडा आलोचना गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कर्णले सरकारको गैर–जिम्मेवारीपनका कारण देश ठुलो दुर्घटनातर्फ धकेलिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको राजीनामा माग गरेका हुन् । सांसद कर्णले आफ्नो गृह जिल्ला सिरहाको अवस्था भयावह रहेको बताए । ‘घर सम्झिन्छु, चारैतिर रगत बगिरहेको छ। काकालाई फोन गर्दा घरबाट निस्कने अवस्था छैन भन्नुहुन्छ, गोली चलिरहेको छ,’ उनले भने, ‘भर्खरै गणेश भाइको मृत्यु भएको खबर आएको छ, दर्जनौँ घाइते छन्।
