SHARE
पर्दाफास · शुक्रबार​ १५ साउन २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएकाका परिवारलाई राहतस्वरूप जनही रु दुई लाख उपलब्ध गराउने निर्णय भएको छ ।