SHARE
पर्दाफास · शुक्रबार​ १५ साउन २०८३ ०९:५८ AM · 1 मिनेट पढाइ

स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजहरूको आवतजावत बढ्यो

स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको आवतजावत उल्लेखनीय रूपमा बढेको छ । दुई साताभन्दा बढी समयपछि एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) ट्यांकरहरूको आवागमन पुनः सुरु भएपछि उक्त जलमार्गमा जहाजहरूको संख्या दुई सातायताकै उच्च स्तरमा पुगेको हो। एस एन्ड पी ग्लोबलको प्रतिवेदनअनुसार जुलाई २९ मा स्ट्रेट अफ होर्मुज हुँदै २८ वटा जहाज आवतजावत गरेका थिए।