SHARE
पर्दाफास · शुक्रबार​ १५ साउन २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

स्वामी आत्मानन्द गिरीको चिन्ता- ‘राष्ट्रमा शान्ति र सद्भाव जोगाउन सबै जिम्मेवार बन्नुपर्छ’

सुनसरीसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका साम्प्रदायिक तनाव र विरोध प्रदर्शनका घटनाले धार्मिक तथा सामाजिक वृत्तमा समेत चिन्ता बढाएको छ । यिनै घटनाक्रमप्रति प्रतिक्रिया व्यक्त गर्दै देवघाटधामस्थित गलेश्वर आश्रमका पीठाधीश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजले नेपालमा सामाजिक सद्भाव खलबलिने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने बताएका छन् ।