धनुषामा फेला परेको शव मन्दिरका पुजारी नभएको पुष्टि, धर्मसँग नजोड्न प्रहरीको आग्रह
धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको पुष्टि भएको जानकारी दिए ।
