SHARE
पर्दाफास · शुक्रबार​ १५ साउन २०८३ ०३:२४ AM · 1 मिनेट पढाइ

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको जनाएको हो । बिक्रीमा राखिएको सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।