देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत साउन १० गते भएको झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। बिहीबार राति गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा गृह मन्त्रालय र पीडित परिवारबीच औपचारिक सम्झौता भएको हो।
