धनुषामा दुई घण्टाका लागि कर्फ्यु खुकुलो, अत्यावश्यक वस्तु खरिद गर्न पाइने
धनुषामा लगाइएको कर्फ्यु आज बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको छ । आज बिहान ६ बजेदेखि ८ बजेसम्म कर्फ्यु खुकुलो बनाइएको हो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले एक सूचना जारी गर्दै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बिहान दुई घण्टा कर्फ्यु खुकुलो पारिएको जानकारी दिएका छन् ।
