SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

सुनसरी घटना छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं । सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ । गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी नायब उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रूपमा नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।