माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सेवासम्बन्धी सम्झौता
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा माछापुच्छ्रे बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल तथा कर्मचारी सञ्चय कोषको तर्फबाट का।मु सह प्रशासक भरत राज बस्तीले हस्ताक्षर गरेका हुन् ।
