SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०१:०२ PM · 1 मिनेट पढाइ

दाङमा महिलाको नाममा जग्गा ‘रजिष्ट्रेसन’ गर्नेको सङ्ख्या बढ्दै

दाङ । सरकारले महिलाको नाममा जग्गा खरिद गर्दा कर छुट दिने व्यवस्था गरेसँगै दाङमा महिलाको नाममा जग्गा रजिष्ट्रेसन पास गर्नेको सङ्ख्या बढ्दै गएको छ । नेपालको कानुनी व्यवस्थाअनुसार महिलाको नाममा जग्गा पास गर्दा सामान्यतया २५ देखि ३५ प्रतिशतसम्म कर छुट दिने व्यवस्था छ ।