SHARE
पर्दाफास · बुधबार १३ साउन २०८३ ११:५२ AM · 1 मिनेट पढाइ

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ । गत साउन १० गते आइतबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकाको ताला फुटाई मुख्य देवीको मूर्तिमा रहेका ४ थान बहुमूल्य गहनाहरू चोरी गरेको घटना सार्वजनिक भएको हो ।