SHARE
कालिका खबर · बुधबार १३ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

कुमारी बैंकको मोबाइल बैंकिङ एपमै अब अन्तर्राष्ट्रिय eSIM र IDP सेवा, निम्बजसँग सहकार्य

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (Nimbuzz) सँग सहकार्य सम्झौता गरेको छ। यस सहकार्यसँगै निम्बजका अन्तर्राष्ट्रिय eSIM तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको बैंकले जनाएको छ। सम्झौतापछि कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय eSIM डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) का लागि आवेदन दिन सक्नेछन्।