सिटिजन लाइफको बीमा सेवा ४ दिन अस्थायी रूपमा बन्द हुने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बीमा व्यवस्थापन प्रणाली स्तरोन्नति गर्ने क्रममा चार दिन सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ । कम्पनीका अनुसार साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म बीमासम्बन्धी अधिकांश सेवा उपलब्ध हुने छैन । हाल सञ्चालनमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई थप आधुनिक र सुरक्षित ‘आईसोलुसन भर्सन नेक्स्ट’मा रूपान्तरण गर्न लागिएकाले यो अवधिमा सेवा अवरुद्ध हुने कम्पनीले जनाएको छ ।
