ठूलो परिमाणको लागुऔषधसहित काठमाडौंबाट तीनजना पक्राउ
काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित काठमाडौंबाट तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट मंगलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषध तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ का २४ वर्षीय दीपक राई छन् । उनीहरूले भारतबाट अवैध रूपमा नेपाल ल्याई लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।
