SHARE
कालिका खबर · बुधबार १३ साउन २०८३ ०३:२९ AM · 1 मिनेट पढाइ

चिकित्सक संघद्वारा आज पनि आकस्मिकबाहेकका सबै सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडका दोषीमाथि कारबाही गर्न सरकार उदासीन बनेको भन्दै आज पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने जनाएको छ । संघले यसअघि हिजो मंगलबार पनि देशभरका सबै अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको थियो ।