SHARE
कालिका खबर · मङगलबार १२ साउन २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

प्राविधिक त्रुटिपछि एक्सपेङ्ग एक्स९ का ३३ हजारभन्दा बढी एमपीभी फिर्ता, एयर सस्पेन्सनमा समस्या

काठमाडौँ । चिनियाँ विद्युतीय सवारी निर्माता एक्सपेङ्गले आफ्नो प्रिमियम एमपीभी एक्स९ (X9) मा देखिएको प्राविधिक त्रुटिका कारण ३३ हजारभन्दा बढी सवारीसाधन फिर्ता (रिकल) गर्ने घोषणा गरेको छ। सुरुमा सामान्य तापक्रम सुरक्षा प्रणालीको प्रभाव भन्दै आएको कम्पनीले विस्तृत प्राविधिक परीक्षणपछि हार्डवेयरमै समस्या रहेको पुष्टि गरेपछि रिकल अभियान सुरु गरेको हो। चिनियाँ बजार नियमन निकायका अनुसार सन् २०२३ को अगस्टदेखि २०२५ को अगस्ट बीच उत्पादन भएका ३३ हजार ४७३ वटा एक्सपेङ्ग एक्स९ यस रिकल अभियानमा समावेश छन्। कम्पनीले आगामी अगस्ट अन्त्यदेखि प्रभावित गाडीहरूको प्राविधिक परीक्षण तथा आवश्यक पार्ट्स निःशुल्क प्रतिस्थापन गर्ने जनाएको छ।