SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा पनि बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन् । नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।