SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौँ । इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न गरेको छ । महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको उक्त कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको इनड्राइभले जानकारी दिएको हो ।