टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते
एजेन्सी । टर्कीको दक्षिणी प्रान्त अन्ताल्यामा आइतबार एउटा कार सडकबाट नियन्त्रण गुमाएर खोँचमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमकाअनुसार मनाभगत जिल्लाको बेयडिगिन नजिकै तासागिल–देरेबुकाक सडक खण्डमा उक्त दुर्घटना भएको हो । सात जना सवार उक्त कार अनियन्त्रित भई सडकबाट तल खोँचमा खसेको थियो ।
