मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना
चितवन । चितवनको चितवन मानव सेवा आश्रमले ११२ जनालाई पुनः स्थापना गरेको छ । उद्धार गरेर ल्याइएका बेसहारामध्ये उनीहरूको परिवारसँग पुनः स्थापना गरिएको हो । भरतपुर महानगरपालिका–९ स्थित सो आश्रम विसं २०७२ भदौबाट सञ्चालन गरिएको थियो । आश्रमले हालसम्म २४५ जनाको उद्धार गरेको छ ।
