नेप्सेको सीईओको लागि आवेदन खुला, यस्ता छन् योग्यता र सर्तहरू
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदको पदपूर्तिका लागि आवेदन माग गरिएको छ । अर्थ मन्त्रालयले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
