SHARE
मकालु खबर · मङगलबार १२ साउन २०८३ ०२:०४ AM · 1 मिनेट पढाइ

धार्मिक सहिष्णुता कायम राख्न झापाको आह्वान

भद्रपुर । सुनसरी घटनापछि धार्मिक सहिष्णुतामा कुनै आँच आउन नदिन यहाँको जिल्ला प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र धार्मिक समुदाय एकै ठाउँमा उभिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न बैठकमा जिल्लाका विभिन्न धार्मिक सङ्घसंस्था, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सामाजिक अगुवाहरूको सहभागिता थियो ।