गोकर्णेश्वरमा श्रावण विशेष गंगा आरती (तस्बिरहरू)
काठमाडौं। राजधानीको उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा श्रावण महिनाको विशेष गंगा आरती भक्तजनहरूको उल्लेखनीय सहभागिताबीच सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित यस प्राचीन मन्दिरमा सामान्यतया प्रत्येक महिनाको अन्तिम सोमबार मात्र गंगा आरती आयोजना गरिन्छ ।
