SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ ०४:४९ PM · 1 मिनेट पढाइ

सुनसरीको राजमार्गमा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । आज राति ९ बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीको देवानगन्जमा एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिएपछि पूर्व–पश्चिम राजमार्गमा समेत कर्फ्यु जारी भएको हो ।