ऊर्जा क्षेत्रको विकासका लागि विद्युत् ऐन समयानुकूल बनाउन आवश्यक: पूर्वमन्त्री ज्ञवाली
काठमाडौँ । पूर्व जलस्रोतमन्त्री दीपक ज्ञवालीले ऊर्जा क्षेत्रको विकासका लागि विद्युत् ऐनलगायत कानुनलाई समयानुकूल बनाउन जरुरी रहेको बताएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २२ औँ स्थापना दिवसको अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
