पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला
काठमाडौँ । पोखरा महानगरपालिका–२५ हेम्जास्थित च्यायाखले खोलाको ड्याममा डुबेका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । सोही महानगरपालिकाको म्यागदीचोक बस्ने २० वर्षीय संजय गोतामे साउन ११ गते दिउँसो करिब १ बजे पौडी खेल्ने क्रममा उक्त खोलाको ड्याममा डुबेर बेपत्ता भएका थिए ।
