SHARE
मकालु खबर · सोमबार ११ साउन २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे संसदीय समितिमा छलफल

काठमाडौं । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ । सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राखेकी छन् ।  बैठकमा प्रा डा राजकुमार पोखरेल, डा नीरञ्जन ओझा, डा विष्णु खनालसँग छलफल भएको थियो ।