SHARE
पर्दाफास · सोमबार ११ साउन २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

पिआर लिएका २ नापी अधिकृतलाई सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका २ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको हो ।