SHARE
पर्दाफास · शुक्रबार​ २६ भौ २०८३ ११:४१ AM · 1 मिनेट पढाइ

सडकपेटीमा प्रसूती घटना : ड्युटीमा रहेका अस्पतालका कर्मचारी बर्खास्त

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले शिशु जन्माएको घटनाका बेला ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार प्रतिनिधिसभाको बैठकमा घटनाबारे जानकारी दिँदै सम्बन्धित कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर छानबिन थालिएको बताइन्।